गर्भपाती चक्की प्रयोग गरेपछि तपाईँ कस्तो अनुभव गर्नु हुन्छ?

उमठ्ने र रगत बग्ने मुख्य असर हुन्। यी लक्षण उपयोगी हुन्छन् किनभने तिनले औषधीले काम गरि रहेको देखाउँछन्। तर तपाईँलाई कति उमठ्छ र कति रगत बग्छ?

  • कसैलाई बेसरी उमठ्छ, महिनावारीमा पनि उमठ्थ्यो भने त्यस भन्दा धेरै दुख्ने कडा उमठाइ
  • कसैलाई महिनावारीमा भन्दा धेरै रगत बग्छ। मिसोप्रोस्टल लिएको केही घण्टासम्म कुखुराको फुल जत्रा रगतका फाल्सा जान सक्छन्।
  • कसैलाई भने हल्का उमठ्ने र महिनावारीमा जस्तैसामान्य रगत बग्ने हुन्छ।

तपाईँ तयार हुनुहोस् भन्ने हामी चाहन्छौँ!

  • नियमित महिनावारीमा भन्दा बढी उमठ्यो र बढी रगत बग्यो भने नआत्तिनु होस्।
  • नराम्ररी उमठ्यो भने दुखाइ घटाउन आइब्युप्रोफन राम्रो औषधी हो। धेरै मुलुकमा २०० mg शक्तिको आइब्युप्रोफन डाक्टरको सिफारिस बिनै किन्न पाइन्छ। हरेक ६ देखि ८ घण्टामा ३ देखि ४ ओटा (२०० mg का) चक्की लिनुहोस्। यसले तपाईँको दुखाइ घटाउँछ।

सावधान हुनुहोस्:

गर्भ फाल्दा माथि उल्लेख गरेका लक्षण सामान्य हुन्। सावधान हुनुहोस्। तलका केही सङ्केतले तपाईँको स्थिति जटिल बन्न सक्ने खतरा देखाउँछन्।

  • धेरै मात्रामा रक्तस्राव: तपाईँले गर्भ बाहिरिइ सक्यो भन्ने ठानेपछि दुई घण्टा सम्म हरेक bleeding imageघण्टा दुई ओटा ठूला टाला भिजे भने यो धेरै रगत बगेको अवस्था हो। यति धेरै रगत बग्यो भने तपाईँले चिकित्सकको सहयोग लिनु पर्छ। भिज्नु भनेको ठुलो टालो कहीँ ओभानो नरहेर पुरै भिज्नु हो। 
  • कडा दुखाइ: आइब्युप्रोफन लिँदा पनि सुधार नहुने गरी साह्रै दुख्यो भने चिकित्सकको सहयोग खोज्नुहोस्। यस्तो तीव्र दुखाइले तपाईँमा गर्भ सम्बन्धी जटिलता भएको सङ्केत गर्छ। आइब्युप्रोफनले पनि कम गर्न नसकेको दुखाइ खतराको सङ्केत हुन सक्छ। हामी दुखाइबाट पीडित गर्भवती महिलालाई चिकित्सकको सहयोग लिन सल्लाह दिन्छौँ।
  • साह्रै अस्वस्थ अनुभव गर्नुभयो? मिसोप्रोस्टोल लिएको दिन तपाईँलाई ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने हुन सक्छ। यस्तो हुनु सामान्य हो। गर्भपाती चक्की प्रयोग गरेपछि तपाईँले प्रतिदिन सुधार अनुभव गर्नु पर्छ, अस्वस्थता होइन। गर्भपाती चक्की प्रयोग गरेपछि आफू अझ अस्वस्थ भएको अनुभव भयो भने तपाईँले चिकित्सकको सहयोग लिनु पर्छ।