तपाईँसँग दुई विकल्प छन्। तलको उपयुक्त कोठामा थिच्नुहोस्।

विकल्प १: मिफेप्रिस्टोन र मिसोप्रोस्टोल

चरण १: एक चक्कीमिफेप्रिस्टोन (२०० mg) निल्नुहोस्। मिफेप्रिस्टोन खाए पछि हल्का रगत बगेको देख्न सक्नु हुने छ। यो सामान्य कुरा हो तर तपाईँले रगत बगे पनि नबगे पनि सबै चरण पुरा गर्नु पर्छ।

चरण २: २४-४८ घण्टा पर्खनुहोस्

मिसोप्रोस्टोल प्रयोग गर्नु अघि २४ घण्टा पर्खनुहोस् तर ४८ घण्टा भन्दा बढी पर्खनु हुँदैन। यसरी पर्खँदा परिवारको हेरचाह गर्ने, काममा वा विद्यालय जाने जस्ता दैनिक काम मात्र गर्नुहोस्।

चरण ३: मिसोप्रोस्टोल (२०० mcg का चार ओटा चक्की) प्रयोग गर्नुहोस्

मिसोप्रोस्टोल दुई किसिमले प्रयोग गर्न सकिन्छ: चक्की योनीमा राख्ने वा तल्लो बङ्गारा या गिजा र गालाको बिचमा मुखमा राख्ने। यी दुबै तरिका ज्यादै प्रभावकारी हुन्छन्।

vaginaप्रोस्टोल योनीमा राख्दा:

  1. पिसाब गर्नुहोस् र हात साबुन पानीले धुनुहोस्।
  2. पल्टनुहोस्। औँलाले चार ओटा चक्की योनीमा घुसार्नुहोस्। चक्की योनीमा कुनै खास भागमा हुनु पर्छ भन्ने छैन तर औँलाले पुग्न सकिने ठाउँमा राख्नुहोस्।
  3. तिस मिनेट पल्टनुहोस्।

mouthमिसोप्रोस्टोल मुखमा राख्दा:

  1. अलिकति पानी निलेर मुख भिजाउनुहोस्। चार ओटा चक्की तल्लो बङ्गारा या गिजा र गालाको बिचमा (दुबैतिर २-२ ओटा) राख्नुहोस्।
  2. ३० मिनेटसम्म मुखमै च्याप्नुहोस्। चक्की पग्लेपछि मुख सुख्खा बनाउने वा चकको जस्तो स्वाद आउने हुन्छ। यो ३० मिनेटभरि खाने वा पिउने नगर्नुहोस्।
  3. ३० मिनेट पछि पानीले कुल्ला गरेर मुखमा बाँकी रहेका चक्कीका छोक्रा निल्नुहोस्।

त्यसपछि के?

तपाईँलाई एकदेखि दुई घण्टा भित्र उमठ्न र रगत बग्न सुरु हुन्छ। मन लाग्यो भने खान र पिउन सक्नुहुन्छ तर आफुलाई सहज अनुभव नहुँदासम्म निजी ठाउँमा आराम गर्ने योजना बनाउनुहोस्। धेरैजसो महिलाले २४ घण्टा भित्रै सहज अनुभव गर्छन्। दुखाइ घटाउन आइब्युप्रोफिन खान सक्नुहुन्छ।

थप जानकारीको लागि “औषधीको असर” पृष्ठ हेर्नुहोस्।
चरण ४:
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल गर्भपाती चक्की प्रयोग गरेको भए स्वास्थ्य सेवा प्रदायकलाई देखाउनु नपर्ला। गर्भ रहेको लक्षण अनुभव गरेको छैन, स्वास्थ्य राम्रो भएको जस्तो लागेको छ र धेरै रगत बगेको अनुभव भएको छैन भन्ने कुरा निश्चित गर्नुहोस्। यी औषधी कति प्रभावकारी छन् भने विश्व स्वास्थ्य सङ्गठनले निम्न लिखित अवस्थामा मात्र अनुगमन गर्न सिफारिस गरेको छ:

  • बिरामी अनुभव गरेमा वा दुई वा तिन दिन पछि पनि दुखाइ कम नभएमा। यस्तो भएमा तुरुन्तै उपचार खोज्नुहोस्।
  • गर्भपाती चक्की प्रयोग गरेको दुई साता पछि पनि गर्भको लक्षण अनुभव गरेमा।
  • धेरै रगत बगेको र दुई साता पछि पनि नघटेमा।

नोट: तपाईँको शरीरमा बाँकी रहेका हर्मोनको कारणले गर्भपतनको दुई साता पछि सम्म पनि गर्भ परीक्षण सकारात्मक देखिन सक्छ। चक्कीको प्रयोग गरेपछि पनि गर्भका लक्षण (स्तन छुँदा दुख्ने, वाकवाकी लाग्ने, जिउ गल्ने आदि) अनुभव गरि रहनु भयो भने डाक्टरलाई देखाउनुहोस्।

विकल्प २: मिसोप्रोस्टोल मात्र

यो विधिमा तपाईँले २०० mcg का १२ ओटा चक्की मिसोप्रोस्टोल प्रयोग गर्नु पर्छ। मिसोप्रोस्टोल दुई किसिमले प्रयोग गर्न सकिन्छ: चक्की योनीमा राख्ने वा तल्लो बङ्गारा या गिजा र गालाको बिचमा मुखमा राख्ने। यी दुबै तरिका ज्यादै प्रभावकारी हुन्छन्।

चरण १क: पहिला ४ ओटा चक्की प्रयोग गर्नुहोस्

vagina मिसोप्रोस्टोल योनीमा राख्नु हुन्छ भने पहिले पिसाब गर्न र साबुन पानीले हात धुन नबिर्सनुहोस्। पल्टनुहोस् र औँलाले ४ ओटा चक्की योनीमा घुसार्नुहोस्। चक्की योनीमा कुनै खास भागमा हुनु पर्छ भन्ने छैन तर औँलाले पुग्न सकिने ठाउँमा राख्नुहोस्। त्यसपछि तिस मिनेट पल्टनुहोस्।



mouth
मिसोप्रोस्टोल मुखमा राख्नु हुन्छ भने चक्की तल्लो बङ्गारा या गिजा र गालाको बिचमा (दुबैतिर २-२ ओटा) च्यापेर ३० मिनेटसम्म राख्नुहोस्। चक्की पग्लेपछि मुख सुख्खा बनाउने वा चकको जस्तो स्वाद आउने हुन्छ। यो ३० मिनेटभरि खाने वा पिउने नगर्नुहोस्। ३० मिनेट पछि पानीले कुल्ला गरेर मुखमा बाँकी रहेका चक्कीका छोक्रा निल्नुहोस्।

१ख: दोस्रो चरण सुरु गर्नु अघि ३-४ घण्टा पर्खनुहोस्।

चरण २क: चरण १ माजस्तै गरी थप ४ ओटा चक्की प्रयोग गर्ने। मिसोप्रोस्टोल योनीमा राख्नु हुन्छ भने ३० मिनेट पल्टनुहोस्, मुखमा राख्नु हुन्छ भने चक्की तल्लो बङ्गारा या गिजा र गालाको बिचमा च्याप्नुहोस् र पानीले निल्नु अघि ३० मिनेटसम्म मुखमै राख्नुहोस्।

२ख: तेस्रो चरण सुरु गर्नु अघि ३-४ घण्टा पर्खनुहोस्।

चरण ३: चरण १ मा जस्तै गरी बाँकी ४ ओटा चक्की प्रयोग गर्ने। मिसोप्रोस्टोल योनीमा राख्नु हुन्छ भने ३० मिनेट पल्टनुहोस्। मुखमा राख्नु हुन्छ भने चक्की तल्लो बङ्गारा या गिजा र गालाको बिचमा च्याप्नु होस् र पानीले निल्नु अघि ३० मिनेटसम्म मुखमै राख्नु होस्।

अनि के?

सामान्यतया सुरुका ४ ओटा चक्की तपाईँको शरीरले सोसेको १ वा २ घण्टा भित्र उमठ्न र रगत बग्न सुरु हुन्छ। यो उमठाइ सामान्य महिनावारीको भन्दा कडा हुन्छ। मन लागेको खान र पिउन सक्नुहुन्छ तर आफुलाई सहज अनुभव नहुँदासम्म निजी ठाउँमा आराम गर्ने योजना बनाउनुहोस्। धेरैजसो महिलाले २४ घण्टा भित्रै सहज अनुभव गर्छन्। दुखाइ घटाउन आइब्युप्रोफिन वा डाक्टरको सिफारिस बिना किन्न पाइने अरू कुनै दुखाइ कम गर्ने औषधी खान सक्नुहुन्छ।

थप जानकारीको लागि “औषधीको असर” पृष्ठ हेर्नुहोस्।

चरण ४: स्वास्थ्य सेवा प्रदायकलाई भेट्नुहोस्

तपाईँले मिसोप्रोस्टोल मात्र प्रयोग गरेको भए चक्की लिएको २-३ साता पछि सुँडेनी, नर्स वा डाक्टरले तपाईँलाई जाँच्न सके सबै भन्दा राम्रो हुन्छ। पाठेघरको जाँच गरेपछि तिनले तपाईँ अझै गर्भवती भए नभएको भन्न सक्छन्। तल्लो पाठेघर जँचाउन चाहनुहुन्न भने अल्ट्रासाउन्ड गराउन सक्नु हुन्छ (उपलब्ध छ भने)। भन्न मिल्छ भने तपाईँको स्वास्थ्य सेवा प्रदायकलाई आफुले गर्भपाती चक्की प्रयोग गरेको कुरा भन्नुहोस्। यस्तो कुरा अरूलाई भन्दा असुरक्षित अनुभव गर्नुहुन्छ भने वा तपाईँ बसेको ठाउँमा गर्भपतन प्रतिबन्धित छ भने उनीहरूलाई आफु गर्भवती भए जस्तो लागेको थियो र रगत बग्यो भन्न सक्नुहुन्छ वा सामान्य महिनावारीमा भन्दा अलि फरक देखिने रगत बग्यो भन्न सक्नु हुन्छ।

निम्न अनुसारको अवस्थामा तपाईँले स्वास्थ्य सेवा प्रदायकलाई भेट्नै पर्छ:

  • बिरामी भएमा वा २-३ दिन पछि सम्म पनि दुखाइ नघटेमा। यस्तो भएमा तुरुन्तै उपचार खोज्नुहोस्।
  • धेरै रगत बगेको र २ साता पछि पनि हल्का नभएको अवस्थामा।
  • गर्भपाती चक्की लिएको २ साता पछि पनि अझै गर्भको लक्षण अनुभव भइ रहेमा।

नोट: तपाईँको शरीरमा बाँकी रहेका हर्मोनको कारणले गर्भपतनको दुई साता पछि सम्म पनि गर्भ परीक्षण सकारात्मक देखिन सक्छ। गर्भका लक्षण (स्तन छुँदा दुख्ने, वाकवाकी लाग्ने, जिउ गल्ने आदि) अनुभव गरि रहनु भयो भने डाक्टरलाई देखाउनुहोस्।